दैलेखमा कोरोनाको शंका गरिएका दुई जनामा सङ्क्रमण नभएको पुष्टि

 चैत १६, २०७६ आइतबार २१:७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

दैलेख – कोरोनाको लक्षण देखिएको आशंकामा स्वाब परीक्षण गरिएका दैलेखको आठबीस नगरपालिकाका दुई जनामारोनाका सङ्क्रमण नभएको पुष्टि भएको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोलीले गरेको परीक्षणमा कोरोनाको जिवाणु नभएको जानकारी दिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थीरराज रेग्मीले बताउनुभयो । 

भारतबाट आएका २ जना युवालाई धेरै ज्वरो आएको र श्वासप्रश्वासमा समस्या महसुस गरेको भन्ने सूचनाको आधारमा स्वास्थ्य सेवा निर्देशनालय र स्वास्थ्य सेवा कार्यालय दैलेखको टोलीले राकम पुगेर शुक्रवार स्वाब लिएको थियो । 

आठबीस नगरपालिका–४ राकममा रहेको स्वास्थ्य चौकीको आइसोलेशनमा उपचार भइरहेका दुवै जनाको ज्वरो पनि केही कम भइसकेको प्रास्तावित आठबीस अस्पतालका डा. रुवेश चौधरीले जानकारी दिनुभयो । 

कोरोनाको लक्षण देखिएको आशंका गरिएका ती २ जना आठबीस नगरपालिका–६ सिंहासैनका एकै घरमा दाजुभाई हुन । उनीहरु भारतको मुम्बईबाट एक साता अघि मात्र घर पुगेका थिए ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया