काेराेना भाइरस : ज्यान गुमाउनेको सङ्ख्या ३३ हजार नाघ्यो, एक लाख ५० हजारभन्दा बढी उपचारपछि घर फर्किए

 चैत १७, २०७६ सोमबार ६:२५:० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्वका विभिन्न देशमा अहिलेसम्म डेढ लाखभन्दा धेरै कोरोना भाइरस (काेभिड १९) सङ्क्रमित उपचारपछि निको भएका छन् ।

एक ९९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानीजहाजमा फैलिएको कोरोनाका कारण सात लाख २० हजार ६ सय ६१ मानिस सङ्क्रमित भएकामा एक लाख ५० हजार ९ सय ३९ जना उपचारपछि निको भएका छन् ।

विश्वभर पाँच लाख ३५ हजार सात सय ९६ जनाको उपचार भइरहेकाे छ भने ३३ हजार ९ सय २६ जनाको ज्यान गएको छ ।

सबैभन्दा धेरै इटलीमा १० हजार सात सय ७९ जनाको ज्यान गएको छ । स्पेनमा पनि ज्यान गुमाउनेको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । स्पेनमा गएको २४ घण्टामा सबैभन्दा धेरै आठ सय २१ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ६ हजार आठ सय तीन पुगेको छ ।

यसैगरी अमेरिकामा भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ह्वात्तै बढ्दै गएको छ । अमेरिकामा आइतबार एकैदिन साढे १७ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् । अमेरिकामा एक लाख ४१ हजार एक सय ६९ जनामा कोरोना भएको पुष्टि भएको छ । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया