स्वास्थ्य राज्यमन्त्री काेराेना भाइरसविरुद्धकाे स्वास्थ्य सामग्री लिएर सुर्खेतमा

 चैत १७, २०७६ सोमबार ९:२२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य राज्यमन्त्री नवराज रावत कोरोना भाइरस (काेभिड १९) विरुद्धको स्वास्थ्य सामग्री लिएर सेनाको स्काइ ट्रकमा सुर्खेत जानुभएको छ ।

सरकारले चीनबाट ल्याएको स्वास्थ्य सामग्री विभिन्न प्रदेशमा पठाउने तयारी गरे अनुसार मन्त्री रावत सुर्खेत जानुभएको हो ।

गएकाे शनिबार चीनबाट पाँच वटा पीसीआर मेसिन ल्याएको सरकारले आज चार वटा प्रदेशमा एक/एक वटा पठाउने तयारी गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया