लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रका केही ठाउँमा आज हुरीबत...
बैशाख ६, २०८१ बिहिबार
काठमाण्डौ – आफ्ना नागरिक लैजान अमेरिकाले जहाज चार्टर्ड गरेको छ । नेपालमा रहेको अमेरिकी दूतावासका अनुसार चार्टर्ड गरेको कतार एअरवेजको जहाज ३१ मार्च अर्थात् मङ्गलबार नेपाल आउनेछ ।
नेपालबाट उडानको समय १२ बजेलाई तय गरिएको छ । कतार एअरवेजको जहाज काठमाण्डौबाट दोहा हुँदै अमेरिकाको डल्लास एअरपोर्ट पुग्नेछ ।
आफ्ना नागरिक लैजान अर्को चार्टर्ड उडानको पनि तयारी रहेको अमेरिकी दूतावासले जनाएको छ ।
यस्तै नेपालका विभिन्न स्थानमा रहेका अमेरिकी नागरिकलाई नेपाल पर्यटन बोर्डको सहकार्यमा काठमाण्डौ ल्याउने काम भइरहेको पनि दूतावासले जनाएको छ ।
यसअघि युरोपेली देशले पनि कतार एअरवेजमार्फत आफ्ना नागरिक स्वदेश लगिसकेका छन् ।