उज्यालो रेडियो र अनलाइनका सामग्री अब भाइवरमा सुन्न र पढ्न सकिने

 चैत १७, २०७६ सोमबार १६:५८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनका सामग्री अब भाइवरमा पनि सुन्न र पढ्न सकिने भएको छ ।

राकुटेन भाइबरसँगको सहकार्यमा उज्यालोले भाइवर कम्युनिटी अर्थात भाइवर पेज सुरु गरेको हो । यो कम्युनिटीमा उज्यालोले तयार पारेका रेडियो कार्यक्रम, समाचार, कार्यक्रम सम्बन्धी जानकारी, अनलाइन सामग्री, भिडियो तथा इन्फोग्राफहरु नियमित अपडेट हुनेछन् ।

उज्यालोको भाइवरमा जोडिनका लागि भाइबरमा गएर ujyaalo सर्च गर्नुपर्छ । नीलो थोप्लो भएको र उज्यालोको लोगो प्रोफाइल पिक्चर भएको ujyaalo कम्युनिटी देखिन्छ। त्यसमा ज्वाइन गर्नुपर्छ ।

अथवा  https://vb.me/ujyalo_comms_np  लिङ्कमा क्लिक गरेर पनि उज्यालोको भाइवरमा जोइन गर्न सकिन्छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया