धनकुटामा विदेशबाट आएका एक जना आइसोलेशन वार्डमा

 चैत १७, २०७६ सोमबार १७:१६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

धनकुटा - कोरोना भाइरस सङ्क्रमण आशंकामा धनकुटामा एक जनालाई आइसोलेशन वार्डमा राखिएको छ ।

पोर्चुगलबाट दुई हप्ताअघि घर फर्किएका धनकुटा नगरपालिका–८ सान्ताङका एक व्यक्तिलाई कोरोना भाइरसको आशंकामा आइसोलेशन वार्डमा भर्ना गरिएको धनकुटा अस्पतालका डाक्टर पुजन विश्वकर्माले बताउनुभयो । 

रुघाखोकीसहित उच्च ज्वरो आएपछि आज बिहान जाँच गराउन धनकुटा अस्पतालमा गएका उनलाई कोरोना भाइरस संक्रमणको आशंकामा भर्ना गरेर उपचार सुरु गरिएको छ ।

उनमा कोरोना संक्रमण भए/नभएको पत्ता लगाउन स्वाब परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको डाक्टर विश्वकर्माले बताउनुभयो ।

दुई हप्ता अगाडि नै विदेशबाट आएको भए पनि कसैलाई जानकारी नगराएका कारण उनको स्वास्थ्य  परीक्षणमा ढिलाइ भएको हो । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया