अत्यावश्यक अवस्थामा गाडी चलाउँदै हुनुहुन्छ ? कोरोना भाइरसबाट बच्न यसो गर्नुहोस्

 चैत १७, २०७६ सोमबार १९:२२:२७ | मल्लिका थापा
unn.prixa.net

सरकारले कोरोना भाइरसको संक्रमणबाट जोगिन देशभरि लकडाउन गरेको छ । यो अवस्थामा अत्यावश्यक काम बाहेक सायद कसैले गाडी चलाउंदैनन् । बाध्यतामा कसैले गाडी चलाउदै हुनुहुन्छ भने  कोरोना भाइरस संक्रमणको जोखिम कम गर्ने कुरामा ध्यान दिनु जरुरी छ ।

लकडाउन अवधिमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनैतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका सवारी साधन चलिरहेका छन् । त्यसैले यस्ता गाडी चलाउदा वा चढ्दा निम्न कुरामा ध्यान दिनुहोस् ।

१) गाडी स्यानिटाइज गर्ने 
गाडी  सडकमा निकाल्नुभन्दा पहिला पूरै गाडीलाई किटाणुनाशकको प्रयोग गरी स्प्रे गर्नुपर्छ । यस्तै गाडीको डोर लक, स्टेयरिङ ह्विल, गियर ह्यान्डल, सिटबेल्ट  जस्ता छोइरहनु पर्ने भागमा स्यानिटाइजर लगाएर बेलाबेलामा सफा गर्नुपर्छ ।  त्यसैले स्यानिटाइजर बोक्न बिर्सनु हुँदैन ।

२) पञ्जा लगाउने
गडी चढ्दा वा चलाउदा पञ्जा लगाउनै पर्छ । गाडीको सिट सफा गर्दा वा अरु पार्टस्हरु छुँदा पनि पञ्जा खोल्नु हुदैन । हातबाट भाइरस संक्रमणको जोखिम धेरै हुने भएकाले पञ्जाले जोखिम कम गर्नसक्छ । 

३) कसैसँग नजिकै सम्पर्कमा नबस्ने 
अत्यावश्यक अवस्थामा बाहिर निस्किंदा भेट भएका जोकोहीसँग सम्पर्कमा नबस्ने । यात्राको समयमा सकेसम्म अन्य व्यक्तिसँग सम्पर्क कम गर्नु उचित हुन्छ । भेट्नै परेको बेला दूरी कायम राख्ने ।

४) पार्किङ गर्दा वरपरका गाडीभन्दा टाढा राख्ने 
गन्तव्यमा पुगेपछि आफ्नो गाडी पार्किङ गर्दा अरुको भन्दा केही दूरीमा पार्किङ गर्नुपर्छ । पार्किङमा राखेको गाडीबाट निस्कँदा हातमा स्यानिटाइजर अनि मुखमा मास्क लगाउनु पर्छ । काम सकेर गाडी चढ्दा पनि स्यानिटाइजर प्रयोग गर्नुपर्छ ।

५) गाडीमा अनावश्यक सामान नराख्ने 
गाडी चलाउनुअघि गाडीमा भएका सबै सामान स्यानिटाइज गर्नु पर्छ । सामान्य बेलाजस्तो यो समयमा यात्रा गर्दा नचाहिने सामान गाडीमा राख्नु हुँदैन । आवश्यक पर्ने  सामानलाई स्यानिटाइज गरेर राख्ने र खुल्लै नराख्ने गर्यो भनेपनि रोग संक्रमणको जोखिम कम हुन्छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

मल्लिका थापा

थापा उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

1 Comments

  • Ambika pradad banjara

    March 31, 2020, 12:50 p.m.

    गाडी सेनिटाइज गर्न कुन केमिकल वा बस्तु प्रयोग गर्ने एनि आइडिया ।।

  •  0 Reply

तपाईको प्रतिक्रिया