नागरिक लगानी कोषले सरकारलाई १ करोड २५ लाख रुपैयाँ दिने

 चैत १७, २०७६ सोमबार २०:३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नागरिक लगानी कोषले कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले बनाएको कोषमा १ करोड २५ लाख रुपैयाँ दिने भएको छ ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले नेपाल सरकारद्वारा स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

यस्तै संचालक समितिका अध्यक्ष एवं सदस्यहरुले बैठकबाट प्राप्त गर्ने बैठक भत्ता, कोषका कार्यकारी निर्देशक रमण नेपालले एक महिनाको तलब र कर्मचारीहरुबाट दशौं तहसम्मका अधिकृतहरुले ७ दिन, अन्य अधिकृतहरुले ५ दिन र सहायक स्तरका कर्मचारीहरुले ३ दिनको तलब बराबरको रकम समेत सहयोग प्रदान गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया