जिल्ला प्रशासन कार्यालयले अब आकस्मिक प्रयोजनका लागि मात्रै सवारी पास दिने

 चैत १८, २०७६ मंगलबार ८:५८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – जिल्ला प्रशासन कार्यालयले अब सवारी पास नदिने भएको छ । यसअघि जुनसुकै निकायको लागि पनि जिल्ला प्रशासन कार्यालयले सवारी पास दिने गरेकोमा अब नदिने भएको हो ।

अब सम्बन्धित निकायले नै पास उपलब्ध गराउनुपर्नेछ । अत्यावश्यक दैनिक उपभोग्य वस्तु आपूर्ति गर्ने निकायले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट, बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट, राष्ट्रसेवक कर्मचारीले सम्बन्धित मन्त्रालयबाट र अरु आकस्मिक प्रयोजनको लागि आवश्यक सवारी पासमात्रै जिल्ला प्रशासन कार्यालयले वितरण गर्ने निर्णय भएको हो ।

यस्तै 'लकडाउन' को पहिलो दिन गएको मङ्गलबार ११ गतेदेखि १७ गतेसम्म लिएका सवारी पासको म्याद सकिएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया