अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
अर्घाखाँची – अर्घाखाँचीमा ५ जना आइसोलेसन र ४८ जना क्वरेण्टीनमा रहेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेले ५ जना आइसोलेसन, ३५ जना क्वरेण्टीन र १३ जना होम क्वरेण्टीनमा बसेको बताउनुभयो ।
अर्घाखाँचीबाट अहिलेसम्म ७ जनालाई बुटवल ‘रिफर’ गरिएको छ । कोरोनाको आशङ्कामा उनीहरुलाई नमुना सङ्कलनको लागि प्रादेशिक अस्पताल पठाइएको हो ।
स्वाब परीक्षणमा ४ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने २ जनाको रिपोर्ट आउन बाँकी रहेको अर्घाखाँची जिल्ला अस्पतालले जनाएको छ ।
सात जनामध्ये एक जनाको स्वाब नलिई फिर्ता पठाइएको जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताउनुभयो ।
यसैबीच जिल्लाका स्थानीय सरकारहरु क्वरेण्टीन निर्माणमा जुटेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सबै स्थानीय निकायमा क्वरेण्टीन निर्माण गर्ने निर्णय भएपछि स्थानीय सरकारहरु क्वरेण्टीन निर्माणमा जुटेका हुन् ।
अहिलेसम्म ६ स्थानीय सरकारको पहलमा ४ सय ५७ क्वरेण्टीन निर्माण भइसकेको छ । प्रत्येक वडामा क्वरेण्टीन निर्माणमा उनीहरु जुटेका छन् ।