अमेरिकी नागरिक लैजान नेपाल आइपुग्यो चार्टर्ड जहाज

 चैत १८, २०७६ मंगलबार १०:९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अमेरिकी नागरिक लैजान चार्टर्ड जहाज नेपाल आइपुगेको छ । आफ्ना नागरिक लैजान अमेरिकाले पठाएको कतार एअरवेजको जहाज नेपाल आइपुगेको हो । 

चार्टर्ड जहाज तीन सय यात्रु बोकर कतारको दोहा हुँदै अमेरिकाको डल्लास एअरपोर्ट जानेछ । 

यस्तै नेपालका विभिन्न स्थानमा रहेका अमेरिकी नागरिकलाई नेपाल पर्यटन बोर्डको सहकार्यमा काठमाण्डौ ल्याउने काम सकिएको र ती यात्रुलाई क्रमशः देश फर्काउने अमेरिकी दूतावासले जनाएको छ । यसको लागि अर्को चार्टर्ड उडानको पनि तयारी रहेको अमेरिकी दूतावासले जनाएको छ । 

यसअघि युरोपेली देशले पनि कतार एअरवेजमार्फत आफ्ना नागरिक स्वदेश लगिसकेका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया