आज राति देशका विभिन्न ठाउँमा हावाहुरी र चट्याङ सहित पानी पर्ने सम्भावना

 चैत १८, २०७६ मंगलबार १२:७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मङ्गलबार बेलुका देशका विभिन्न ठाउँमा हावाहुरी र चट्याङ सहित पानी पर्ने मौसमविद्ले बताएका छन् । 

आज दिउँसोपछि पश्चिमी वायु नेपाल प्रवेश गर्न लागेकाले बेलुकीदेखि देशका विभिन्न ठाउँमा हावाहुरी र चट्याङ सहित पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमी वायु पश्चिम नेपालबाट प्रवेश गर्ने भएकाले पश्चिमका थोरै र मध्य तथा पूर्वका एक/दुई ठाउँमा चट्याङ र हावाहुरी सहित पानी पर्ने सम्भावना छ । 

यस्तै उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपात पनि हुनेछ । यो प्रणालीको असर बेलुकीदेखि बुधबार बिहानसम्म देखिने मौसमविद् श्रेष्ठको भनाई छ । तर बुधबार पनि देशभरिकै मौसम पूर्णरुपमा नखुल्ने उहाँले बताउनुभयो । 

पश्चिमी वायुको प्रभावका कारण आज दिउँसो देशको पश्चिमी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली र मध्य तथा पूर्वका पहाडी क्षेत्रको मौसम आंशिक बदली हुनेछ । अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया