पावर चाइनाद्वारा ऊर्जा मन्त्रालयलाई पाँच हजार मास्क प्रदान

 चैत १८, २०७६ मंगलबार १९:४१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

चीनको पावर चाइना कम्पनीले ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयलाई ५ हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेको छ । 
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मास्क अभाव भएका बेला पावर चाइनाले मंगलबार मन्त्रालयलाई मास्क उपलब्ध गराएको हो । 
पावर चाइनाका प्रतिनिधि ली हाइयुआनले सिंहदरबारमा रहेको मन्त्रालयमा पुगेर ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तलाई मास्क हस्तान्तरण गर्नुभयो । 
ती मास्क मन्त्रालयअन्तर्गतका नेपाल विद्युत प्राधिकरण र जल तथा मौसम पूर्वानुमान महाशाखासहित अत्यावश्यक सेवाका कर्मचारीका लागि वितरण गरिने मन्त्री पुनले बताउनुभयो । 
अभावका बेला सदभावपूर्वक मास्क उपलब्ध गराएकामा मन्त्री पुनले पावर चाइनालाई धन्यवाद दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया