विश्वका २ सय १ देशमा कोरोना सङ्क्रमित, बेल्जियममा १२ वर्षकी बालिकाको ज्यान गयो

 चैत १८, २०७६ मंगलबार २०:५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना संक्रमणका कारण बेल्जियममा १२ वर्षकी बालिकाको ज्यान गएको छ ।

समाचार संस्था एएफपीका अनुसार कोरोना संक्रमणका कारण १२ वर्षीयको ज्यान गएको यो पहिलो घटना हो ।

कोरोनाको संक्रमण अहिलेसम्म विश्वका २ सय १ देशमा फैलिएको छ । आज सिएरा लियोनमा एक जना नयाँ संक्रमित भेटिएसँगै विश्वका २ सय १ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोना फैलिएको पाइएको हो । 

अहिलेसम्म ८ लाख ३ हजार ४ सय ६६ जना संक्रमित भएका छन् । १ लाख ७२ हजार ४ सय २५ जना उपचारपछि निको भएका छन् भने ५ लाख ९२ हजार ३ जनाको उपचार चलिरहेको छ ।

३९ हजार ३८ जनाको ज्यान गएको छ । अहिलेसम्म इटलीमा सबैभन्दा धेरै ११ हजार ५ सय ९१ जनाको ज्यान गएको छ भने अमेरिकामा सबैभन्दा धेरै १ लाख ६४ हजार ६ सय ६५ जनामा कोरोना पुष्टि भएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया