एसियामा कोभिड-१९ प्रकोप नियन्त्रणको प्रयास सन्तोषजनक, समय लाग्छ : डब्ल्यूएचओ

 चैत १८, २०७६ मंगलबार २१:६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले एशियामा कोरोनाभाइरसको महामारीको अवस्था निश्चित देश बाहेक अझै नियन्त्रणभन्दा टाढा रहेको जनाएको छ ।

संगठनका क्षेत्रीय निर्देशक ताकेशी कासाईले अहिले एशियामा देखिएको स्थिर अवस्थाको लाभ लिँदै समुदायमा कोरोनाभाइरस थप फैलिन नदिने अवस्था सिर्जना गर्न जोड दिनु भएको छ ।

अन्य देशमा महामारी फैलिने क्रममा नै रहेको भन्दै उहाँले भाइरसलाई नियन्त्रणमा लिन सफल भएका एसियाली देशले पनि आफ्नो सुरक्षा व्यवस्था कमजोर हुन नदिने वातावरण तयार गर्नुपर्ने सुझाव दिनुभयो ।

चीन, दक्षिण कोरिया, सिङ्गापुर आदि देशले कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेका विवरण आइरहेका समय डब्लुएचओका अधिकारीको यो भनाई सार्वजनिक भएको हो । चीनले भाइरस नियन्त्रणका लागि निकै कडा प्रतिबन्धहरू लगाएपछि पछिल्ला केही हप्तादेखि स्वदेशभित्र नै सङ्क्रमितको सङ्ख्या झण्डै शुन्यमा झरेको त्यहाँका अधिकारीहरूले बताउँदै आएका छन् ।

यसैबीच विश्व बैंकले पूर्वी एसियाको अर्थतन्त्र प्रभावित हुन थालेको भन्दै त्यसबाट मुक्ति पाउनै नसकिने पीडा उत्पन्न हुने चेतावनी दिएको छ ।विश्व बैंकको पछिल्लो पूर्वानुमानअनुसार भाइरसका कारण पूर्वी एशिया क्षेत्रको पर्यटन, व्यापार र सरसामानमा आधारित अर्थतन्त्रमा ठूलो खतरा उत्पन्न हुने देखिएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया