यूएईमा थप दुई जना नेपालीमा कोरोना सङ्क्रमण

 चैत १८, २०७६ मंगलबार २१:२६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएई - संयुक्त अरब इमिरेट्स (यूएई)मा थप दुई जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । मंगलबार यूएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले नयाँ दुई नेपालीसहित ५३ जनामा कोरोना सङ्क्रमण भएको जनाएको छ ।

योसँगै यूएईमा जम्मा सङ्क्रमितको संख्या ६ सय ६४ पुगेको छ ।  यूएईमा फागुन २६ (मार्च ९) मा पहिलो दुई जना नेपाली सहित १४ जना सङ्क्रममित फेला परेका थिए । 

त्यस्तै चैत १४ ९मार्च २७० मा थप दुई जना नेपालीसहित ७२ जना र चैत १५ ९मार्च २८० मा दुई जना नेपाली सहित ६३ जना सङ्क्रमित फेला परेका थिए ।सङ्क्रमित भएकामध्ये दुई जना नेपाली निको भैसकेका छन् ।

बाँकी ६ जनाको अवस्था सामान्य रहेकोले आइसोलेसनमा राखेर उपचार भइरहेको दूतावासकी प्रवक्ता तथा उपनियोग प्रमुख रीता धितालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • Sara

    April 1, 2020, 2:23 a.m.

    नसरोस् पनि कसरी एउटै कोठामा दस जना कामदार लाइ राखे पछि... get well soon b safe n b strong

  •  0 Reply

तपाईको प्रतिक्रिया