कोरोना रोकथाम कोषमा सेल्सबेरीले २५ लाख रुपैयाँ सहयोग गर्ने

 चैत १८, २०७६ मंगलबार २१:५२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - व्यापारिक संस्था सेल्सबेरीले कोरोना संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

सरकारले नेपालमा कोरोना भाइरसको संक्रमणको नियन्त्रणका लागि स्थापना गरेको कोषमा सेल्सबेरीले सहयोग गर्ने भएको हो । 

कम्पनीका संस्थापक सुशीलमान प्रधानाङ्गले कम्पनीको तर्फबाट सहयोग रकम दिने प्रतिबद्धता जनाउनु भएको हो । यो व्यापारिक संस्थाले नेपालमा २९ वर्षदेखि सुपरमार्केट सन्चालन गर्दै आएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया