ट्रयाक्टरले बनाएको खाल्डोमा परेर एक व्यक्तिको मृत्यु

 साउन १२, २०७५ शनिबार ७:१४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

तेह्रथुम – सडकमा ट्रयाक्टरले बनाएको खाल्डोमा परेर तेह्रथुममा एक जनाको ज्यान भएको छ । 

म्याङलुङ नगरपालिका–१ स्थित जिविस टोलबाट गणेश इँटा उद्योग जाने बाटोमा ट्रयाक्टर बनाएको खाल्डामा परेर म्याङलुङ्ग नगरपालिका–१०, तम्फुलाका झाँक्री कान्छा भनिने करिब ६० वर्षे ठगबहादुर पुर्कुटीको मृत्यु भएको हो । 

ठगबहादुरको शव शनिबार बिहानै सडकमा ट्रयाक्टरले बनाएको खाल्डोमा लडेको अवस्थामा फेला परेको थियो । उनीको मुन्टो खाल्डोमा रहेको हिलोमा जोतिएको थियो । खाल्डोमा घोप्टिएर लडेपछि उठ्न नसकेर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयबासीले भने पुर्कुटीले रक्सी पिएर हिँड्ने भएका कारण लडेर मृत्यु भएको हुनसक्ने बताएका छन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया