बङ्गलादेशमा पढिरहेका विद्यार्थी भन्छन् : नेपाल फर्केर सेवा गर्न चाहन्छौँ, राज्यले पहल गरोस्

 चैत १९, २०७६ बुधबार ११:९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बङ्गलादेशमा एमबीबीएस पढिरहेका नेपाली विद्यार्थीले आफूहरुलाई छिटो नेपाल फर्काउन माग गरेका छन् ।

कोरोना भाइरसको सङ्कटको बेला आफूहरु नेपाल फर्किएर सेवा गर्न चाहेकोले सरकारले स्वदेश फर्काउन पहल गर्नुपर्ने उनीहरुको भनाइ छ ।

बङ्गलादेशमा अहिले झण्डै सात सय मेडिकल शिक्षा लिने विद्यार्थी छन् । क्वरेण्टीनमा बस्नुपर्ने लगायतका सरकारले तोकेका सबै मापदण्ड पूरा गर्न तयार रहेको तर आफूहरुलाई बङ्गलादेशबाट फर्काउन माग गरिएको नेप्लिज स्टुडेन्ड एसोसिएशन बङ्गलादेशका अध्यक्ष नविन यादवले उज्यालोलाई जानकारी दिनुभयो ।

सरकारले खटाएको जुनसुकै ठाउँमा गएर सेवा गर्न तयार रहेको पनि विद्यार्थीले बताए ।

यो बेलामा देश फर्केर सेवा गर्न आफूहरु उत्सुक रहेको पनि यादवको भनाइ छ ।

बङ्गलादेशमा असुरक्षित महसुस गरिरहेका छौँ

नेपाली विद्यार्थीहरुले आफूहरु बङ्गलादेशमा असुरक्षित रहेको गुनासो गरेका छन् । 'नेपाल सरकारले पहिलो चरणको लकडाउन सकिएपछि उद्धार गर्छ कि भन्ने आशामा रहेका नेपाली विद्यार्थी सरकारले उद्धार नगर्ने घोषणा गरेपछि दुखी भएका छन्', विद्यार्थी नविन यादवले गुनासो गर्नुभयो ।

१२ दिनदेखि कलेजकै क्वरेण्टीनमा रहेको र बङ्गलादेशमा कोरोनाबाट बच्न उच्च सतर्कता नअपाएकाले आफूहरु निकै चिन्तित रहेको विद्यार्थीले बताएका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया