बुटवलले साढे ६ हजार र देवदहले ३ हजार विपन्न परिवारलाई राहत दिने

 चैत १९, २०७६ बुधबार ११:२३:४१ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

बुटवलले साढे ६ हजार र देवदहले ३ हजार विपन्न परिवारलाई राहत दिने 
रुपन्देही–बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकाले लकडाउनको कारण गुजारा गर्न कठिनाइ भएका मजदुर र विपन्न परिवारलाई राहत वितरण गर्ने भएका छन् । 
सम्बन्धित कार्यपालिकाको बैठकले राहत वितरणसम्बन्धी कार्यविधि पारित गर्दै राहत वितरणमा जुट्ने निर्णय गरेको हो । 
बुटवलले प्रति पाँच जना बराबर एक परिवार मान्दै ६ हजार ५ सयभन्दा बढी घरधुरीलाई प्रदान गर्ने निर्णय गरेको उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदीले जानकारी दिनुभयो । 
बुटवलले प्रति परिवार १५ किलो चामल, २ किलो दाल, १ लिटर तेल र १ किलो नुन सहयोग गर्नेछ ।
यस्तै देवदह नगरपालिकाले करिब ३ हजार परिवारलाई १० किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ किलो नुन, एउटा साबुन र सोयाबिन मस्यौरा दिने तयारी गरेको नगरप्रमुख हिरा खत्रीले बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया