कोरोना कहर : दाँत जोगाउनुस्

 चैत १९, २०७६ बुधबार १२:२३:५७ | एजेन्सी

काठमाण्डौ - कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको जोखिमका कारण घरमै बसेको समयमा आफ्नो दाँतको सुरक्षामा ध्यान दिन विज्ञहरुले सुझाव दिएका छन् ।

दाँतसम्बन्धी‌ उपचारको सेवा उपलब्ध नहुने र घरमा बस्दा मानिसले आफ्नो दाँतको सुरक्षामा कम ध्यान दिने सम्भावना रहने भन्दै विज्ञहरुले यस्तो बेलामा आफ्नो दाँतको रक्षा गर्नुपर्ने बताएको बीबीसीले जनाएको छ ।

एउटा अध्ययनमा थुप्रै मानिसले आफ्नो दाँत गुमाउन थालेको पाइएकाले सबै मानिस दाँतको सुरक्षामा लाग्नुपर्ने खबरमा उल्लेख छ । मुख्य समस्या दाँतसम्बन्धी उपचार सेवा उपलब्ध नहुँदा दाँत गुमाउनु परेको छ भने घरमै बस्दाको खानपान र नियमित दाँत नमाझ्ने गर्दा समस्या थपिएको पाइएको हो ।

विद्यालय तथा कार्यालय जाने हुँदा तालिका अनुसार नै नियमित सरसफाइ हुने गरेकोमा घरमै बस्दा कतिपय तालिकाहरु बिग्रिएर नियमित दाँत सरसफाइमा ध्यान नपुग्ने जोखिम पनि हुने भन्दै विज्ञहरुले यो बेला आफ्नो दाँत जोगाउन ध्यान दिनुपर्ने बताएका छन् । यस्तै विज्ञहरुले दाँतको सेवा दिनेहरुले उपकरण सफाइमा ध्यान नदिँदा कोरोना भाइरस फैलिन सहयोग पुग्ने भन्दै त्यस्ता सेवामा थप सतर्कता अपनाउन पनि भनेका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया