प्रदेश प्रहरी कार्यालय र क्षेत्रीय प्रहरी अस्पताल दिपायलबाट तत्काल नसर्ने

 चैत १९, २०७६ बुधबार १५:३०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी - सुदूरपश्चिम प्रदेशको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा रहेको प्रदेश प्रहरी कार्यालय र क्षेत्रीय प्रहरी अस्पताल सार्ने निर्णय हाललाइ रोकिएको छ । 

डोटीबाट निर्वाचित संघीय सांसद प्रेमबहादुर आलेमगरको पहलमा निर्णय हाललाइ रोकिएको हो । दिपायलबाट ती कार्यालयहरु कैलाली जिल्ला सार्ने प्रहरी प्रधान कार्यालय नक्सालको पत्र आएसँगै डोटीमा निकै विवाद सुरु भएको थियो । 

डोटीबाट प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल तत्काल नसार्ने भन्ने जानकारी आएपछि अहिले यहाँका स्थानीयबासीहरु निकै खुशी भएका छन् । डोटीको दिपायलबाट राजधानी कैलालीमा सरेसँगै यहाँ भएका क्षेत्रीय स्तरका कार्यालयहरु पछिल्लो समय धमाधम सारिन थालेका छन् । 

दिपायलमा भएका कार्यालयहरु सारिन थालेपछि यहाँ भएका भौतिक संरचनाहरु खण्डहर बन्दै गएको स्थानीयको गुनासो छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया