नाइजरबाट आफ्ना सेना फिर्ता गर्न थाल्ने अमेरिकाको प्रतिबद्धता
बैशाख ८, २०८१ शनिबार
काठमाण्डौ - कोरोना संक्रमणको त्रासबीच सरकारले घोषणा गरेको ‘लकडाउन’को समयमा घरमै बसेका स्कुले बालबालिकालाई अभिभावक र परिवारका सदस्यले विशेष ख्याल राख विज्ञको आग्रह छ ।
कोरोना संक्रमणको जोखिममा सचेत भएजस्तै यो बेला बालबालिकाको मानसिक स्वास्थ्यमा पनि उत्तिकै ध्यान दिनुपर्ने मनोविद् गंगा पाठकले बताउनुभयो ।
बालबालिकालाई तनाव हुन नदिन र उनीहरुको मन, मस्तिष्कलाई अनावश्यक विचारमा बहकिन नदिन अभिभावक नै बढि जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ ।
आफ्ना बालबच्चासँगै बसेर पढाइलाई निरन्तरता दिन र बेला बेला मनोरञ्जन पनि गर्न उहाँको सुझाव छ । अरुबेला परिवारका सदस्य कमै भेटघाट हुने सहर बजारमा अहिले सबैजना एकैसाथ रहेकाले बालबालिकासँग बस्ने, रमाउने, खेल्ने अवसर रहेको मनोविज्ञ पाठकको भनाइ छ ।
एकातिर बालबालिकालाई मोबाइल दिने अनि अर्कोतिर आफैँ पनि मोबाइल लिएर नबस्न मनोविद् गंगा पाठकले अभिभावकसँग आग्रह गर्नुभयो । शिक्षाविद् विद्यानाथ कोइरालाले बालबालिका र अभिभावक सँगसँगै भएको यो बेलामा प्रविधिको प्रयोग, सञ्चारका साधनको उपयोग, जेष्ठ नागरिक र अभिभावकको अनुभव साट्ने र शिक्षकको भूमिकालाई पनि बढाउन सकिने बताउनुभयो ।
गाउँघरमा प्रविधिको सहज पहुँच नभए अरु विकल्प प्रयोग गर्न सकिने तर सहर बजारमा इन्टरनेटबाट नै सिकाइलाई निरन्तरता दिन सकिने उहाँको भनाइ छ ।
रमा रहेका जेष्ठ सदस्य हजुरबुबा, हजुरआमाका भोगाइ बाँड्न, कथाका माध्यमबाट सकारात्मक ज्ञान दिन अनि अभिभावकले दैनिक गर्ने काममा बालबालिकालाई सहभागी गराउन उहाँको सुझाव छ ।
कोरोना संक्रमणको जोखिमका कारण अरु गतिविधिसहित शैक्षिक गतिविधि पनि ठप्प भएकाकाले घरमै सिकाइका विभिन्न काम गर्न विज्ञको सुझाव छ ।