कतारले प्रतिबन्ध लगाएको यी ठाउँमा नजानुहोस्

 चैत १९, २०७६ बुधबार १६:३८:१० | उज्यालो सहकर्मी

काठमाण्डौ – तपाईँ कतारमा कार्यरत हुनुहुन्छ भने बाहिर निस्कंदा सावधानी अपनाउनुहोस् । कतार सरकारले निषेध गरेको ठाउँमा नजानुहोस् । प्रतिबन्ध लगाएको ठाउँमा जम्मा भएको भन्दै बुधबार मात्रै १० जनालाई पक्राउ गरिएको कतारको अन्तरिक मन्त्रालयले जनाएको छ ।

कतारले कोरोना सङक्रमण रोकथामका लागि मस्जिदहरुको बाहिर, घरमा कुनै पनि प्रकारको सामाजिक समारोह, जमघट, सामाजिक भेटघाट, समवेदना तथा श्रदाञ्जली सभा, समुद्री किनार तथा तटमा जान, कर्नेश एरिया, सार्वजनिक पार्कहरुमा जान तथा भेटघाट गर्न प्रतिबन्ध लगाएको छ ।

त्यसैले कोरोनाको जोखिमबाट बच्न कतार सरकारले जारी गरेको नियम पालना गर्नुहोस् । प्रतिबन्धित ठाउँमा गएको भन्दै कतार सरकारले केही दिनअघि १ सय ५० जना नेपाली श्रमिकलाई प्रक्राउ गरेर देश निकाला गरेको थियो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया