पेट्रोल, डिजल र मट्टीतेलको भाउ १० रुपैयाँले घट्यो

 चैत १९, २०७६ बुधबार १९:४०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटेको छ । नेपाल आयल निगमले तीन वटै पदार्थमा १०/१० रुपैयाँका दरले भाउ घटाएको हो ।

अब पेट्रोलको भाउ प्रतिलिटर ९६ रुपैयाँ कायम भएको छ । डिजल र मट्टीतेल ८५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

यस्तै आन्तरिक हवाई इन्धनको भाउ १५ रुपैयाँले घटेर ७५ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय उडानको मूल्य प्रतिलिटर शून्य दशमलव ९५ डलर कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ३ गुणा  घटे पनि आयल निगमले नघटाउँदा चौतर्फी आलोचना भइरहेको थियो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया