'कोरोना सङ्क्रमित बागलुङकी युवतीका परिवारमा सङ्क्रमण देखिएन'

 चैत १९, २०७६ बुधबार २०:२०:१३ | रासस
unn.prixa.net

बागलुङ - कोरोना सङ्क्रमित बाग्लुङ नगरपालिका ४ कुँडुलेकी युवतीका परिवारका सदस्यको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । 

धौलागिरि अञ्चल अस्पताल बाग्लुङले सङ्क्रमित युवती, उनका आफन्त र सङ्क्रमितसँगै आएका गरी ११ जनाको स्वाब नमुना परीक्षणका लागि सोमबार काठमाण्डौ पठाएको थियो । 

परीक्षणका लागि पठाइएकामध्ये युवतीका पिता, हजुरबुबा, दाइ र दिदी गरी चार जनाको रिपोर्ट नेगेटिभ आएको अञ्चल अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेन्डण्ट डा शैलेन्द्र बी पोख्रेलले जानकारी दिनुभयो । पोख्रेलका अनुसार अन्य रिपोर्ट क्रमशः आउने छ । 

सङ्क्रमित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको र परिवारका सदस्यको रिपोर्ट 'नेगेटिभ' आउन थालेका कारण त्यहाँका अन्यमा कोरोना सङ्क्रमित नहुन सक्ने आशा जागेको डा.पोख्रेलले जानकारी दिनुभयो । 

ती युवती यही चैत ५ गते बेल्जियमबाट दोहा कतार ट्रान्जिट हुँदै कतार एअरवेजको क्यूआर ६५२ उडानबाट नेपाल आएकी थिइन् । कतार एयरवेजको विमानमा सवार काठमाण्डौकी युवतीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि विमानमा सवार बागलुङकी ती युवतीलाई पनि सामान्य ज्वरो समेत देखिएको थियो ।  

गएको चैत १२ गते स्वाब परीक्षणका लागि नमुना सङ्कलन गर्दा कोरोना पुष्टि भएको थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया