महिला युरो कप एक वर्षपछि धकेलियो

 चैत २०, २०७६ बिहिबार ११:९:४९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ - यस वर्ष हुनुपर्ने युरो कप फुटबल कोरोना महामारीका कारण एक वर्षपछि सारिएपछि अर्को वर्ष इङ्गल्याण्डमा हुने महिला युरो कप पनि एक वर्षपछि धकेलिएको छ ।

महिला युरो कप अब सन् २०२२ को समरमा हुने तय भएको छ । युरो र टोकियो ओलम्पिक पनि २०२१ मा सारिएपछि एकै समयमा दुई ठूला प्रतियोगिता हुने भएकाले महिला युरो कप निर्धारित मितिमा आयोजना गर्न सम्भव भएन । युरोपका तीन टिम- इङ्गल्याण्ड, नेदरल्याण्ड्स र स्विडेन टोकियो ओलम्पिकका लागि छनोट भइसकेका छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया