चट्याङ लागेर एक जनाको ज्यान गयो, तीन जना घाइते

 चैत २०, २०७६ बिहिबार ११:२१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – खनियाबास नगरपालिका २ मा बुधबार दिउँसो चट्याङ लागेर एक जनाको ज्यान गएको छ । 

चट्याङ लागेर घरको छेउमा कुखुराको खोर बनाउँदै गरेका ४० वर्षीय रामसिंह तामाङको ज्यान गएको हो । 

चट्याङ लागेर त्यही गाउँपालिकाको थली निनासी पार्वती तामाङ, मनकुमारी तामाङ र क्यूङ निवासी आसमाया तामाङ घाइते भएका छन् । साथै थलीमा चट्याङ पर्दा दुई घरमा क्षति पुगेको छ । 

चट्याङका कारण गाउँमा विद्युत् सेवा अवरुद्ध भएको झर्लाङका सामाजिक कार्यकर्ता प्रेम तामाङले जानकारी दिनुभएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया