वृद्धवृद्धा र अशक्तले अब गाडी चढेरै चिडियाखाना अवलोकन गर्न सक्ने
बैशाख ८, २०८१ शनिबार
काठमाण्डौ - नेपाल एअरलाइन्सको वाइडबडी जहाज अत्यावश्यक सामग्री लिनको लागि चीनको ग्वान्झाउ गएको छ ।
नेपालका विभिन्न व्यापारीले मेडिकल र अन्य अत्यावश्यक सामग्री लिन नेपाल एअरलाइन्सको वाइडबडी चार्टर गरेर ग्वान्झाउ लगेका हुन् । जहाज आजै राति नेपाल फर्कनेछ ।
बुधबार अस्ट्रेलिया र न्यूजिल्याण्डका नागरिक बोकेर अस्ट्रेलियाको ब्रिस्बेननेपाल एअरलाइन्सको अर्को वाइडबडी पनि आजै राती १० बजेर ५५ मिनेटमा नेपाल आइपुग्ने तालिका छ ।
यस्तै मलेसिया एअरलाइन्सले नेपालबाट नर्वेका नागरिकको उद्दार गरेको छ । बिहीबार बिहान मलेसिया एअरलाइन्सले १ सय २२ जना नर्वेजियन नागरिक बाकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेको विमानस्थल कार्यालयले जनाएको छ ।
यसअघि यूरोपेली देश र अमेरिकाले कतार एअरवेजको विमान चार्टर गरेर आफ्ना नागरिक स्वदेश फकाईसकेका छन् ।