कोरोनाका एक जना पनि बिरामी छैनन् : उत्तर कोरिया

 चैत २०, २०७६ बिहिबार १५:१७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एकजना पनि बिरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोना-फ्री घोषणा गरेको छ ।

विश्वमा झण्डै १० लाख जनामा कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेको र संसारका प्रायः सबैजसो देशमा यसको प्रभाव पुगिसकेको समाचार आइरहँदा उत्तर कोरियाले भने आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण नभएको दावी गरेको हो ।

उत्तर कोरियाका एक स्वास्थ्य अधिकारीले आफ्नो देशमा आजसम्म कोही पनि सङ्क्रमित नभेटिएको बताएका छन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया