ढाेरपाटन नगरपालिका प्रमुखद्वारा विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण

 चैत २०, २०७६ बिहिबार १६:३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

बाग्लुङ – ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपाली र उहाँकी धर्मपत्नी छेला नेपालीले  नगरभित्र रहेका अति विपन्न एक सय ५ परिवारलाई राहत स्वरुप खाद्यान्न सामग्री वितरण गरेका छन् ।

कोरोना भाइरसको आतंकका कारण देशमा भएको लकडाउनलाई मध्यनजर गरी नेपाली दम्पतीले दैनिक ज्याला मजदुरी गरेर जिवीकोपार्जन गरिरहेका परिवारलाई व्यक्तिगत रुपमा सहयाेग गरेका हुन् ।

प्रत्येक परिवारलाई २५ किलो चामल , एक पोका तेल, नुन एक किलो , दाल २ किलो , चिनी एक किलो, मस्यौरा एक प्याकेट  र ५ प्याकेट चाउचाउ  वितरण गरिएको छ । ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया