नेपालमा अर्का एक जनालाई पनि कोरोना भाइरसको सङ्क्रमण : सङ्ख्या ६ पुग्यो

 चैत २०, २०७६ बिहिबार १६:३९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालमा अर्का एक जनालाई पनि कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ ।

 चैत ४ गते कतारको दोहा हुँदै काठमाण्डौ आएकी महिलामा कोरोनाको भाइरस पाइएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज नियमित पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यसबारे जानकारी गराएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ६ पुगेको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया