कोभिड-१९ : विश्वभर आज एकै दिन झण्डै दुई हजार जनाको ज्यान गयो

 चैत २०, २०७६ बिहिबार २०:२४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विश्वमा आज एकै दिन कोरोनाका कारण झण्डै दुई हजार जनाको ज्यान गएको छ।  

आज एकै दिन १९ सय ७३ जनाको ज्यान गएको हो । यस्तै, आज २६ हजार जना भन्दा धेरै नयाँ संक्रमित भेटिएको छ । आज सबै भन्दा धेरै स्पेनमा ६ हजार एक सय २० जना नयाँ बिरामी देखिएका छन् । स्पेनमा आज ६१६ जनाको ज्यान गएको छ ।

यस्तै, बेलायतमा ४ हजार २ सय ४४ नयाँ संक्रमित पुष्टि भएको छ । त्यहाँ आज ५ सय ६९ जनाको ज्यान गएको छ । अमेरिकामा भने आज नयाँ बिरामी कम भेटिएका छन् ।

आज ३ सय ५९ जनामा मात्रै कोरोनाको भाइरस भेटिएको हो भने आज अमेरिकामा ११ जनाको ज्यान गएको छ । समग्रमा अहिले अमेरिकामा कोरोनाको प्रकोप धेरै फैलिरहेको छ । विश्वका झण्डै १० लाख मध्ये अमेरिकामै २ लाख १५ हजार ३ सय ६२ जना संक्रमित छन् ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया