जमूनाह नाकामा ६ दिनदेखि अलपत्र १ सय ८१ नेपालीको उद्धार

 चैत २०, २०७६ बिहिबार २१:८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके - नेपाल भारत सीमाको जमूनाह नाकामा अलपत्र नेपालीको बिहीबार उद्धार गरिएको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाले सीमा नाकामा अलपत्र १८१ जनाको उद्धार गरी महेन्द्र बहुमुखी क्याम्पस र जयसपुरमा निर्माणाधीन एकीकृत जाँच चौकीमा क्वरेण्टीन निर्माण गरेर राखेको छ ।

क्वरेण्टीनमा बसेका नेपालीहरुको खानपान, स्वास्थ्य, सरसफाई र खानेपानी लगायत अत्यावश्यक व्यवस्थापन नेपालगञ्ज उपमहानगरपालिकाले गरिरहेको नगर प्रमुख डा. धवलशम्शेर राणाले जानकारी दिनुभयो ।

नगरप्रमुख डा. राणाले बिहीबार विज्ञप्ति निकालेर क्वरेण्टीन निर्माण गरिएको ठाउँमा आम नागरिकहरुलाई आवागमन गर्न बन्देज गरिएको जानकारी दिनुभएको छ । साथै उहाँले उद्धार गरिएका नेपाली नागरिकको सहयोगको लागि एकद्द्वार प्रणालीमार्फत सहयोगका लागि आग्रहसमेत गर्नुभएको छ । 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया