मास्क प्रयोगसम्बन्धी आफैले दिएको सुझावमाथि नयाँ अध्ययन सुरु गर्दै विश्व स्वास्थ्य सङ्गठन

 चैत २१, २०७६ शुक्रबार ७:३४:१८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मास्क (मुखावरण) प्रयोगसम्बन्धी आफैले दिएको सुझावमाथि नयाँ अध्ययन सुरु गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले यसअघि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न व्यक्तिबीच एक मिटर दुरी कायम गर्न सुझाव दिँदै कोरोना सङ्क्रमण भएका तथा मिल्दोजुल्दो लक्षण देखिएकाले मात्र मास्क लगाए हुने सुझाव दिएको थियो । 

विश्व स्वास्थ्य सङ्गठनको यो सुझाव अनुसार धेरै देशहरुले आफ्ना नागरिकलाई व्यक्तिबीच एक मिटर दुरी कामय गर्न र सङ्क्रमणको शङ्का लागेमा मास्क लगाउन भनेका छन् । तर कोरोनाको सङ्क्रमण तीव्र गतिमा बढ्दै गएपछि के साँच्चै मास्कले सङ्क्रमण फैलिने दर रोक्न सक्छ त ? भनेर विश्व स्वास्थ्य सङ्गठनले नयाँ अध्ययन सुरु गरेको बीबीसीले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका पूर्वनिर्देशक प्रोफेसर डेभिड हेइम्यान नेतृत्वको टोलीले अध्ययन गरिरहेको छ । हेइम्यानले नयाँ अध्ययनले मास्कको बारेमा नयाँ निचोड निकाल्ने र त्यसले विश्व स्वास्थ्य सङ्गठनलाई नयाँ निर्णय गर्न सहज हुने बताए ।

अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ् टेक्नोलोजी ९एमआईटी० ले उच्च गतिको क्यामरा र अन्य सेन्सरको प्रयोगबाट गरेको अनुसन्धानले खोक्दा वा हाच्छिउँ गर्दा निस्कने सुक्ष्म कण एक मिटरभन्दा धेरै टाढा पुग्ने निष्कर्ष निकालेपछि विश्व स्वास्थ्य सङ्गठनले नयाँ अध्ययन थालेको हो ।

एमआइटीको अध्ययन अनुसार खोक्दा निस्कने सुक्ष्म कण ६ मिटर र हाच्छिउँ गर्दा निस्कने कण आठ मिटर परसम्म पुग्ने देखिएको छ । जसमा भाइरस हुन्छन् । यसबाट अहिले भनिए जस्तो एक मिटर दुरी निकै कम हुने अध्ययनकर्ताहरुको दाबी छ ।

मास्कको उपयोगीताबारेमा नयाँ अध्ययन गरिरहेको विश्व स्वास्थ्य सङ्गठनका पूर्वनिर्देशक हेइम्यानको टोलीले दुई रतीन दिनभित्र अर्को बैठक गर्ने र सम्भवत केही नयाँ निर्णय गर्ने बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया