किर्गिजस्तानमा कोरोनाको सङ्क्रमणबाट पहिलो व्यक्तिको ज्यान गयो

 चैत २१, २०७६ शुक्रबार १०:४७:४० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ - किर्गिजस्तानमा‌ कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट पहिलो व्यक्तिको ज्यान गएको छ । ६१ वर्षीय व्यक्तिको किराना सङ्क्रमणका कारण ज्यान गएको हो । कोरोना सङ्क्रमित ती व्यक्तिको दक्षिणी प्रान्त ओशमा रहेको एक अस्पतालमा उपचार भइरहेको थियो ।

ज्यान गुमाउने व्यक्ति अरु गम्भीर प्रकृतिका रोगबाट पनि सङ्क्रमित भएको अधिकारीहरुले बताएका छन् । किर्गिजस्तानमा अहिलेसम्म एक सय १६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया