भारतबाट फर्किएका ३८० जना बझाङका विभिन्न क्वरेण्टीनमा

 चैत २१, २०७६ शुक्रबार १२:५०:११ | डीबी बिष्ट
unn.prixa.net

बझाङ–छिमेकी देश भारतबाट घर फर्किएका ३ सय ८० जना स्थानीय सरकारका विभिन्न क्वरेण्टीनमा बसेका छन् । जिल्लाका १२ वटा स्थानीय सरकारले ३४ वटा क्वरेण्टीन बनाएका छन् ।

सुरुका दिनमा क्वरेण्टीनमा बस्न नमाने पनि पछिल्लो समय स्थानीय बासिन्दाको दबाब तथा स्थानीय सरकार, प्रशासन, प्रहरी, स्वास्थ्य कार्यालय र सशस्त्र प्रहरीले सचेतना फैलाएपछि  उनीहरु क्वरेण्टीनमा बस्न तयार भएका हुन् ।

थलारा गाउँपालिकाले निर्माण गरेको क्वरेण्टीनमा २ जना बसेका छन् । यस्तै थलारा गाउँपालिकामा बनाइएको क्वरेण्टीनबाट भागेर अधिकांश होम क्वरेण्टीनमा बसेको पाइएको छ । 

त्यस्तै बुङ्गल नगरपालिकामा १ सय ५८, बिथ्थडचिर गाउँपालिकामा १ सय ५, जयपृथ्वी नगरपालिकामा ५ र तल्कोट गाँउपालिकाको क्वरेण्टीनमा ६ जना रहेको स्वास्थ्य कार्यालयका माहामारी नियन्त्रण फोकल पर्सन तथा ल्याब टेक्निसियन नारायण जोशीले बताउनुभयो । 

त्यसैगरी सुर्मा गाउँपालिकामा ७, साइपाल गाउँपालिकामा ७, दुर्गाथली गाउँपालिकामा ४१, छविस पाथिभेरा गाउँपालिकामा १९, केदार स्युँगाउँपालिकामा ३३ र खप्तड छान्ना गाउँपालिकामा १ जना क्वरेण्टीनमा बसेका छन् । 

टेक्निसियन जोशीका अनुसार क्वरेण्टीनमा बस्ने सबै भारतबाट आएका हुन् । 

जिल्लाबाहिरबाट आएकालाई पनि क्वरेण्टीनमा राख्ने गरेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया