परीक्षार्थीलाई मनोचिकित्सकको सुझाव : दैनिक बढीमा एक घण्टा मात्रै सामाजिक सञ्जाल चलाउनुस्

 चैत २१, २०७६ शुक्रबार १३:१२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – माध्यमिक शिक्षा परीक्षा (एसईई) लगायत अरु परीक्षाको तयारी गरिरहेकाहरुलाई दैनिक बढीमा एक घण्टामात्र सामाजिक सञ्जालको प्रयोग गर्न मनोचिकित्सकले सुझाव दिएका छन् । 

लामो समय सामाजिक सञ्जालमा बस्दा नियमित गरिने पढाइमा असर गर्ने भएकाले तोकेर निश्चित समयमा मात्रै सामाजिक सञ्जालको प्रयोग गर्न मनोचिकित्सक ऋषभ कोइरालाले सुझाव दिनुभयो । उहाँले तालिका बनाएर स्कुलमा जस्तै नियमित पढ्ने र खेल्ने समय बनाउन पनि आग्रह गर्नुभयो ।

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि भन्दै सरकारले गएको ६ गते तय भएको एसईईसँगै स्नातकदेखि स्नातकोत्तर तहसम्मको परीक्षा अन्तिम समयमा स्थगित गर्ने निर्णय गरेको थियो । सरकारको यो निर्णयलाई सकारात्मक रुपमा लिएर तयारीको समय अझै थपिएको भन्दै तालिका बनाएर पढ्न कोइरालाको सुझाव छ । 

यस्तै राष्ट्रिय शिक्षा परिषद्ले यसअघि नै १२ कक्षाको परीक्षा आउँदो वैशाख १५ गतेदेखि २६ गतेसम्म र कक्षा ११ को परीक्षा वैशाख २९ देखि जेठ ८ गतेसम्म हुने निर्णय गरे अनुसार तयारीमा जुट्न पनि मनोचिकित्सक कोइरालाको सुझाव छ । घरमै बसेर स्कुल गएको जस्तै गरेर ९ बजेदेखि विभिन्न विषय पढ्न सकिने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया