साउदीमा कर्फ्युको समय लम्बियो

 चैत २१, २०७६ शुक्रबार १४:५९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीमा कोरोनाको सङक्रमण बढेपछि रोकथामका लागि लगाइएको कर्फ्युक‍ो समय लम्बिएको छ । मक्का र मदिना क्षेत्रमा अनिश्चितकालका लागि २४ घण्टे र दम्माम, ताइफ र कतिफमा दिउँसो तीन बजेदेखि नै कर्फ्यु लाग्ने साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ ।

यी क्षेत्रमा साउदी सरकारले स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनै पनि बहानामा बाहिर ननिस्कन आग्रह गरेको छ । 

यस्तै साउदीको रियाद क्षेत्रमा पनि दिउँसोको तीन बजेदेखि नै कर्फ्यु लाग्ने भएकाले साउदीमा हुने सबै नेपालीलाई सरकारले लागू गरेका नियम पूर्ण रुपमा पालना गर्न दूतावासले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया