फिदिम नगरपालिका–५ का वडाध्यक्ष तुम्बापोको निधन

 चैत २१, २०७६ शुक्रबार १६:११:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

पाँचथर– फिदिम नगरपालिका–५ का वडाध्यक्ष लीलाराज तुम्बापोको निधन भएको छ । ३३ वर्षीय तुम्बापोको झापाको बिर्तामोडमा रहेकाे बी एण्ड सी अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो ।

बिहीबार सिकिस्त बिरामी भएपछि फिदिममा रहेकाे समर्पित अस्पताल भर्ना गरिएका तुम्बापोको स्वास्थ्यमा सुधार नआएपछि साँझ हेलिकप्टरमार्फत बी एण्ड सी अस्पताल  झापा लगिएको थियो ।

भेन्टिलेटरमा राखेर उपचार गरिएका तुम्बापोको निधन भएको बी एण्ड सी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताउनुभयो । तुम्बापोको रक्त क्यान्सरका कारण मृत्यु भएको बताइएको छ । 

वडाध्यक्ष तुम्बापोको निधन भएकै दिन उहाँको श्रीमतीले दोश्रो सन्तानको रुपमा छोरीलाई जन्म दिनुभएको छ । शुक्रबार बिहान ३ बजेको समयमा पाँचथर अस्पतालमा छोरीको जन्म भएको आफन्त सुवास तुम्बापोले बताउनुभयो । उहाँको परिवारमा अब दुई छोरीहरु भएका छन् ।

तुम्बापो तत्कालिन नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया