कोरोनाको आशंकामा १२० जना आइसोलेशनमा

 चैत २१, २०७६ शुक्रबार १७:५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौसहित देशभर अहिले कोरोनाको आशंकामा १२० जनालाई आइसोलेशनमा राखिएको छ ।

काठमाण्डौमा १५ जना र उपत्यकाबाहिर एक सय पाँच जना आइसोलेशनमा राखेर उपचारमा रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । रुघोखोकी, ज्वरो देखिएका बिरामीलाई आइसोलेशनमा राखिएको हो ।

यस्तै स्वास्थ्य मन्त्रालयको मोबाइल एपमा ५ हजार भन्दा धेरैले आफ्नो स्वास्थ्यबारे जानकारी गराएका र त्यसमध्ये एक सय सात जनालाई जोखिम रहेको पाइएको मन्त्रालयले जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा प्रवक्त डाक्टर विकास देवकोटाले एक सय सात जनालाई जोखिम बढेकाले उनीहरुको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जाँच गरिने जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया