एक लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियारद्वारा सब–इञ्जिनियर पक्राउ

 साउन १२, २०७५ शनिबार १२:०:२ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शनिबार तम्घास–सिमलटारी–प्यूठान सडक आयोजनामा कार्यरत सब–इञ्जिनियर प्रकाश झालाई घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको छ ।

झा सदरमुकाम तम्घास बसपार्क नजिकै रहेको आफ्नै कोठावाट  एक लाख रुपैयाँ नगदसहित अख्तियारको टोलीद्वारा पक्राउ परेका हुन् । 

सब–इञ्जिनियर झाले एक जना निर्माण व्यवसायीसँग रनिङ्ग बिल बढी दर रेटमा उठाइदिने सर्तमा घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले जानकारी दिएको छ । 

विशेष सूचनाका आधारमा शुक्रबार तम्घास आएको अख्तियार टोलीले निर्माण व्यवसायीले रकम बुझाए लगत्तै उनकै कोठाबाट झालाई पक्राउ गरेको हो । झाको कोठावाट अख्तियारले केही कागजातहरु समेत नियन्त्रणमा लिएकोे छ । 

सब–इञ्जिनियर झाले निर्माण व्यवसायीलाई  केही समयअघि त्यो पैसा सापटीको रुपमा दिएको र त्यही पैसा फिर्ता लिएको बताएका छन् । अख्तियारको टोलीले आवश्यक अनुसन्धानको लागि शनिबार नै झालाई बुटवल लगि थप अनुसन्धान गर्ने जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया