सबै किसिमका बिरामीको उपचारका कुनै कमी हुन नदिन स्वास्थ्यमन्त्री ढकालको निर्देशन

 चैत २१, २०७६ शुक्रबार १९:४४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सबै किसिमका बिरामीको उपचारका कुनै कमी हुन नदिन निर्देशन दिनुभएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका पदाधिकारीलाई आज मन्त्रालयमा बोलाएर मन्त्री ढकालले कोरोनाको उपचारको तयारीबारे जानकारी लिने क्रममा अन्य बिरामीको उपचारमा पनि कमी हुन नदिन निर्देशन दिनुभएको हो ।

उहाँले स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन सरकारले कुनै कसर बाँकी नराखेको भन्दै प्रोत्साहन भत्ता र बीमाको व्यवस्था भइसकेको बताउनुभयो । उहाँले व्यक्तिगत सुरक्षा सामग्री पीपीई अभाव हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका पदाधिकारीले पनि बिरामीलाई कुनै पनि किसिमको असुविधा हुन नदिने बताएका छन् । वीर अस्पतालका कार्यकारी निर्देशक डा केदारप्रसाद सेञ्चुरीले वीर अस्पतालले गरिरहेको तयारीका बारे जानकारी दिँदै आउँदो सोमबारदेखि कोरोनाको नमुना परीक्षणसमेत हुने बताउनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया