एक घर एक रक्तदाता अभियान :  घरदैलोमै रगत सङ्कलन

 चैत २२, २०७६ शनिबार ११:४४:५२ | रासस
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरस (कोभिड –१९) को सम्भावित जोखिम हुन नदिन  लकडाउन भएपछि रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शाखा र महाबौद्ध उपशाखाले संयुक्त रूपमा ‘एक घर एक रक्तदाता’ अभियान जारी राखेका छन्  । 

यस अन्तर्गत काठमाडौ महानगरपालिका ९कामपा० वडा नं १५  चागल निवासी समाजसेवी राकेश कर्माचार्यको अगुवाईमा शुक्रबार  कामपा सो वडाको चागल, लखतीर्थ र धुम्बाखेलका १३ जना स्वयंसेवी रक्तदाताले रगतदान गर्नुभयो । 

“विशेष अवस्थामा  रगतको अभाव हुन नदिन   सामाजिक सञ्जालमार्फत् रक्तदातालाई आह्वान गरी रक्तदानको कार्यक्रम आयोजना गरेका हौँ । ” स्थानीयवासी रामेश्वरमान कर्माचार्यले भन्नुभयो ।

लकडाउनका अवस्थामा रगतको अभाव हुन नदिन सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रले रक्तदाताको पायक पर्ने स्थानमा पुगी  सामाजिक दूरी कायम गरी रगत सङ्कलन जारी राखेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया