कतारका अमिर थानी र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्...
बैशाख १२, २०८१ बुधबार
काठमाण्डौ – नेपालमा थप तीन जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएको छ ।
भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।
कैलालीमा कोरोना देखिएकी महिला यसअघि कैलालीमा सङ्क्रमित भेटिएका पुरूषको आफन्त रहेको पनि मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पहिलो पटक नेपालभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सङ्क्रमण भएको पनि स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ९ पुगेको छ ।
Rakesh mahato
April 4, 2020, 8:01 p.m.अब सरकारले सक्दो कदम उठाउनु परयो र पहले यो बिचार गर्नु परयो जब समूर्ण नका बंद छ तै पनि बहिर बता कसरी कोई घर सम कसरी पुग्यो यो सर्कार ले बिचार गर्नु परयो की न की नेपाल माँ यदि यो ठुलो रूप लेयो ठेस पक्षी कैन टोल गर्न ग्रहो होने छ जनता देस को साथ छ
केदार
April 4, 2020, 4:17 p.m.कोरोना एकबाट अर्कोलाई सर्न शुरू भयो । जनचेतना बढाउनु पर्यो । एकान्तबास क्वारेन्टाइन घर घरमा अत्यावश्यक भयो ।