दाङमा कोरोना परीक्षण गरिएका सबैको रिपोर्ट ‘नेगेटिभ'

 चैत २२, २०७६ शनिबार १५:२४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

दाङ - दाङमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएका सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

पछिल्लो पटक कोरोना अस्पताल बेलझुण्डीबाट शुक्रबार पठाइएका तीन जनाकाे स्वाबको परीक्षण गर्दा सबैको रिपोर्ट 'नेगेटिभ' आएको हो । शनिबार दिउँसाे उनीहरुकाे परीक्षण रिपोर्ट आएको अस्पतालले जनाएको छ ।

दाङमा अहिलेसम्म १९ जनाको काेराेना परीक्षण गरिएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

1 Comments

  • मनोज दाहाल भद्रपुर झापा

    April 4, 2020, 3:35 p.m.

    सधै भ्रष्टाचार र भ्रष्टाचारीलाई नेगेटिभ देख्ने हाम्रो केपि सरकारले ले ल्याएको परिछ्ण समाग्रीले जांच गरेको किट्बाट कोरानाको पोजिटिभ आशा के राख्नन सकिन्छ र ?

  •  0 Reply

तपाईको प्रतिक्रिया