वृद्धवृद्धा र अशक्तले अब गाडी चढेरै चिडियाखाना अवलोकन गर्न सक्ने
बैशाख ८, २०८१ शनिबार
बैतडी – बैतडीको तल्लोसोराडकाको मानवबस्तीमा पसेर आतङ्क मच्चाइरहेको चितुवालाई चितवन राष्ट्रिय निकुञ्जमा छाडिने भएको छ ।
बिहीबार राति विज्ञ टोलीले बैतडीकाे मैलौली नगरपालिका ९ असुरमामा निर्माण गरेको काठको खोरमा फसेको चितुवालाई निकुञ्जमा छाड्ने भएका हुन् ।
गएको चैत १ गते राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ वन्यजन्तु प्राविधिकद्वय विष्णुबहादुर लामा र रमेश दराईले चितुवालाई नियन्त्रणमा लिन खोर राख्नुभएको थियो ।
शनिबार राष्ट्रिय प्राकृतिक संरक्षण कोषको टोलीले निकुञ्जमा छोड्न चितुवालाई बेहोस बनाएर लगेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख केशव पराजुलीले जानकारी दिनुभयो ।
विसं २०६८ साल यता बैतडीको तल्लोसोराड क्षेत्रमा चितुवाले २५ जनाको ज्यान लिइसकेको छ भने दर्जनौँ घाइते भएका छन् ।