एकैदिन चार वटा जहाज नेपाल आए, झण्डै आठ सय पर्यटक स्वदेश फर्किए

 चैत २२, २०७६ शनिबार १९:५६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शनिबार एकैदिन नेपालबाट झण्डै आठ सय विदेशी पर्यटकको उद्धार भएको छ । फ्रान्स, जर्मनी, चेक रिपब्लिक, मलेसिया र सिङ्गापुरका सात सय ७० जना पर्यटक स्वदेश फर्किएका हुन् ।

कतार एअरवेजका दुई वटा जहाज झण्डै ६ सय जना फ्रान्सेली र जर्मनी नागरिक बोकेर दोहा हुँदै फ्रयाङ्कफर्ट र पेरिस गएका छन् । यस्तै सिङ्गापुर र मलेसियाका ७४ जना यात्रु लिन मालिन्दो एअर काठमाण्डौ आएको थियो । चेक रिपब्लिकको चेक एअरले पनि चेक रिपब्लिकका ९६ जना यात्रु लिएर गएको छ ।

नेपालमा पनि कोरोना भाइरस (काेभिड १९) को सङ्क्रमण बढ्दै गएको र लकडाउनका कारण पर्यटकले दुःख पाउन थालेपछि विभिन्न देशले जहाज चार्टर्ड गरेर आफ्ना नागरिक स्वदेश फर्कारहेका छन् । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया