टाेकियाे ओलम्पिक : फुटबल खेलाडीकाे उमेर हद एक वर्ष बढाउने तयारी

 चैत २३, २०७६ आइतबार १०:५९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – टोकियो ओलम्पिकअन्तर्गत पुरुष फुटबलतर्फको उमेर हद २४ वर्ष तोकिने भएको छ । यसै वर्ष जुलाई महिनामा हुनुपर्ने ओलम्पिक एक वर्षपछि सारिएसँगै सहभागी खेलाडीको उमेर हद पनि एक वर्ष बढाइएको हो ।

ओलम्पिक फुटबलतर्फ २३ वर्षमुनिका खेलाडीले मात्र सहभागिता जनाउन पाउँछन् । जसमा बढीमा तीन जना खेलाडी २३ वर्षमाथिका राख्न पाउने प्रावधान छ । तर ओलम्पिक खेलकुद एकवर्ष पछि धकेलिएसँगै यो नियममा पनि परिमार्जन गरिने भएको छ । यसको विषयमा टोकियो ओलम्पिक आयोजक कमिटीले उमेर हद बढाउन अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा सिफारिस पठाइसकेको छ । 

सन् १९९७ जनवरी १ तारिखपछि जन्मिएका खेलाडीले ओलम्पिकअन्तर्गत पुरुष फुटबलतर्फ सहभागिता जनाउन पाउनेछन् । 

महिला फुटबलतर्फमा भने उमेर हद कायम छैन ।

यसैबीच फिफाले आउँदो जुन महिनामा हुने तय भएका पुरुष र महिलाका अन्तर्राष्ट्रिय खेलहरु रद्द गर्न पत्राचार गरेको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया