इँटाभट्टाको पोखरीमा डुबेर एक जनाको ज्यान गयो

 चैत २३, २०७६ आइतबार ११:३०:५५ | रमेश गिरी
unn.prixa.net

भक्तपुर – चाँगुनारायण नगरपालिका ८ को सुडालमा रहेको बीएम इँटाभट्टाको पोखरीमा डुबेर एक जनाको ज्यान गएको छ ।

उदयपुर गाईघाट नगरपालिका ४ आमटार घर भइ त्यही इँटाभट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको ज्यान गएको हो । इँटा बनाउने पानी जम्मा गर्न बनाइएको पोखरीमा डुबेर ज्यान गएपछि पोखरीबाट शव झिकेर परीक्षणका लागि भक्तपुर अस्पताल पठाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

इँटाभट्टाका पोखरी खन्ने र खुलै छोड्ने गर्दा हरेक वर्ष बालबालिकाको ज्यान जाने गरेकोमा यस पटक पुरुषको ज्यान गएको हो ।

अन्तिम अपडेट: चैत २३, २०८०

रमेश गिरी

भक्तपुरका पत्रकार रमेश गिरी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया